हरिवन, १२ माघ – हरिवन जेसीजको चौंथो पदस्थापन समारोह गएराति सम्पन्न भएको छ ।
हरिवन ११ स्थित सम्राट पार्टी प्यालेसमा हरिवन जेसीज वर्ष २०२४ का अध्यक्ष निरज कार्कीको अध्यक्षता तथा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवको प्रमुख आतिथ्यतामा पदस्थापन समारोह सम्पन्न भएको छ । समारोहमा वर्ष २०२४ ले हरिवन जेसीजको अध्यक्ष रामप्रवेश दासको नेतृत्वमा गठीत वर्ष २०२५ को कार्य समितिलाई नेतृत्व हस्तान्तरण गरेको छ ।

हरिवन जेसीज वर्ष २०२५ को कार्य समितिमा अध्यक्ष दाससहित कार्यकारिणी उपाध्यक्षमा किरण कुमार थिङ र रामकृष्ण मैनाली, कानूनी सल्लाहकारमा राजेशप्रसाद चौधरी, महासचिवमा इश्वर धमला, कोषाध्यक्षमा अर्जुन कुमार साह, उपाध्यक्षमा प्रेमराज दाहाल, सुमन मोक्तान, शिवप्रसाद दाहाल र सन्जिवकुमार जयसवाल रहेका हरिवन जेसीजका संस्थापक अध्यक्ष विनोद महतले जानकारी दिए ।
पदस्थापन समारोहमा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, इलाका प्रशासन कार्यालय हरिवनका प्रमुख राजकुमार थापालगायतको विशिष्ठ आतिथ्यता रहेको थियो । हरिवन जेसीजले पदस्थापनका अवसरमा वर्षेनि प्रदान गर्दै आइरहेको हरिवन जेसीज पत्रकारिता पुरस्कार यो वर्ष सन्जु कर्णलाई प्रदान गरेको छ ।