logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

माओवादी केन्द्र सर्लाहीले गुहार्यो मुख्यमन्त्री


  • उज्यालो अभियान

बागमती, १२ माघ – नेकपा माओवादी केन्द्र सर्लाहीले बागमती नगरपालिकाका प्रमुख, उपप्रमुखलाई वन मुद्दा दायर गर्न लागिएको भन्दै मुख्यमन्त्री शतीसकुमार सिंहलाई ज्ञापन पत्र बुुझाएको छ ।

निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) सागरनाथ वन विकास परियोजनाको जग्गामा निर्माण गरिएको भन्दै नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमार मोक्तानलगायतविरुद्ध वन मुद्दा लगाएर फसाउने षडयन्त्र भएको भन्दै सो पार्टीले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो । माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्यूतम काफ्लेको नेतृत्वमा माओवादी केन्द्रका नेताले प्रदेश राजधानी जनकपुरधाम पुुगेर मुख्यमन्त्रीसँग भेट गरेका हुन् ।

सो पार्टीले ३ दिनअघि जिल्ला प्रशासन, वन कार्यालय र सागरनाथ वन विकास परियोजनालाई ज्ञापन पत्र बुुझाउँदै यदि वन मुद्दाको प्रक्रिया अघि बढे माघ १३ गते भोलीदेखि चरणवद्ध आन्दोलनमा उत्रने चेतावनी दिइसकेको छ ।

मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुुझाउने कार्यक्रममा पूर्व मन्त्री गिरिराजमणि पोखरेल, नेता विश्वनाथ साह, प्रदेशसभा सदस्य भरत साह, जवाहारलाल कुशवाहा, फकिरा महतो, समिर भट्टराईलगायतका नेताहरु सहभागी भएका छन् ।