logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

थामी टोलमा सिरक र ट्रयाकसुट वितरण


  • उज्यालो अभियान

हरिवन, १२ माघ – चुरेभेगस्थित सर्लाहीको हरिवन नगरपालिका–१, थामीटोलमा आज सिरक र ट्रायक सुट वितरण गरिएको छ ।

‘मेन्स रुम’ नामक युवाको समूहले नगरपािलकाको विकट भेगस्थित थामी टोलमा बसोवास गर्ने विपन्न परिवारलाई फाइबर सिरक र बालबालिकालाई ट्रयाकसुट वितरण गरेको हो । बस्तीका करिव २ दर्जन परिवारलाई सिरक तथा स–साना बालबच्चालाई ट्रयाकसुट प्रदान गरिएको संस्थाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर किशोर तामाङ र सहयोगी क्लबका युवा मिलेर फाइबर सिरक तथा ट्रयाकसुट वितरण गरेका छन् ।