मलंगवा, १२ माघ – उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका सर्लाही अध्यक्ष वीरेन्द्र राय यादवले आफू अब यो पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका छन् ।
गएसाँझ प्रेस विज्ञप्ती निकालेर यादवले पार्टीको जिम्मेवारी र साधारण सदस्यबाट समेत राजिनामा दिएका हुन् । माघ ५ गते नै राजिनामा बुुझाएको र एक साता बितिसक्दा पनि राजिनामा स्वीकृत नभएपछि आफूले नै मार्ग प्रशस्त गर्दै पार्टी छाडेको घोषणा गरेका छन् ।
उनले जसपा नेपाल जिल्ला कार्य समिति सर्लाहीको वर्तमान अवस्था र आफ्नो व्यक्तिगत कारणले पार्टी त्यागेको प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् ।