लालबन्दी, ११ माघ – सर्लाहीका विभिन्न स्थानमा शाखा रहेका राष्ट्रिय वाणिज्य बैंकले हिजो ६० औँ वार्षिकोत्सव मनाएका छन् ।
लालबन्दी, बयलवास र मलंगवामा रहेका राष्ट्रिय वाणिज्य बैंकको शाखाले आफ्नो ६० औँ वार्षिकोत्सव मनाएका हुन् ।
सरोकारवाला, उद्योगी, व्यववसायीलगायतको आतिथ्यतामा उत्कृष्ट बचतकर्ता, सेवा निवृत्त कर्मचारीलाई सम्मानसहित अन्य विविध कार्यक्रम गरी वाणिज्य बैंकका शाखा कार्यालयले वार्षिकोत्सव मनाएका हुन् ।