logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रथको ठक्करबाट बालिकाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बीर ।

बलरा, ११ माघ – सर्लाहीको बलरामा रथको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

विवाहमा दुलाह बोक्न प्रयोग हुने बीआर ०६ पी २६६२ नम्वरको चारचक्के रथले ठक्कर दिँदा बलरा नगरपालिका–३, का विसुन रायकी छोरी वर्ष ३ की सोहानी कुमारी रायको मृत्यु भएको हो । बालिकालाई बलरा नगरपालिका–२, हथियौलस्थित घर अगाडि खेलिरहेका बेला हथियौलबाट जमुनियातर्फ जाँदै गरेको रथले ठक्कर दिएर मृत्युु भएको प्रहरी चौकी छन्कीटोलाले जनाएको छ ।

दुर्घटनापछि रथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गएसाँझ भएको दुर्घटनामा मृत्यु भएकी बालिकाको शव आज प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि परिवारले बुुझेर लगेका छन् ।