logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जनज्योति क्याम्पसको प्रमुखमा चौधरी


  • उज्यालो अभियान

लालबन्दी, ११ माघ – लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा वीरेन्द्र चौधरी नियुक्त भएका छन् ।

क्याम्पस व्यवस्थापन समितिले क्याम्पस प्रमुख चयनका लागि कमलप्रसाद पौडेल संयोजक रहेको ४ सदस्यीय कार्यदल गठन गरेको थियो । सो समितिमा परेको दुई जनाको आवेदनमध्ये कार्यदलले गरेको सिफारिस अनुसार क्याम्पस व्यवस्थापन समितिले पूर्व क्याम्पस प्रमुख चौधरीलाई पुनः क्याम्पस प्रमुखमा चयन गर्ने निर्णय गरेको हो ।

चौधरीले आजै क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीको अध्यक्षतामा पदभार ग्रहण गरेका छन् ।