logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कपडा पसलमा आगलागी


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी, ११ माघ – सर्लाहीको लालबन्दी नगरपालिका–६, मा गएराति एक होलसेल कपडा पसलमा आगलागी भएको छ ।

लालबन्दी ६ का रोशन गुप्ताले आफ्नै घरमा संचालन गरेको सिटी इमपेक्स नामक रेडिमेड, थान कपडा बिक्री गर्ने होलसेल पसलमा आगलागी भएको हो । पलसभित्र पूजा गर्न राखिएको दियोबाट आगो सल्किएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । आगलागीबाट पललभित्र रहेका कपडासहित अन्य सरसामग्री जलेर नष्ट भएका छन् ।

प्रहरी र छरछिमेकी मिलेर केहीबेरमै आगलागी नियन्त्रणमा लिन सफल भएकाले थप क्षति भने हुन पाएन ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको लालबन्दी प्रहरीले जनाएको छ ।