मलंगवा, १० माघ – प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसी बहादुर श्रेष्ठले विपद् व्यवस्थापनसहित विभिन्न विषयमा जिल्लाका पालिका प्रमुखहरुसँग आज अन्तरक्रिया गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय मलंगवाको सभा हलमा सिडिओ श्रेष्ठले विपद् व्यवस्थापन, हिउँदे नगरसभा, जनप्रतिनिधिबिचको आन्तरिक द्वन्द्व समाधान, आन्तरिक राजस्व परिचालन, संघीय÷प्रादेशिक योजना संचालनमा समन्वय, प्राकृतिक श्रोत व्यवस्थापन, कार्यालय तथा कर्मचारीको सुरक्षालगायतका विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरेका हुन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले यि सबै विषयमा समन्वय गरेर अघि बढ्न पालिका प्रमुखहरुसँग आग्रह गरेका छन् ।
केही साताअघि सर्लाहीमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पालिका प्रमुखहरुसँग परिचयात्मक कार्यक्रम समेत गरेका छन् ।
कार्यक्रममा जिल्लास्थित विभिन्न पालिकाका प्रमुख, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाललगायतको उपस्थिति रहेको थियो ।