कालिन्जोर, १० माघ – ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानमा बुधबार ७० थान कम्बल वितरण गरिएको छ ।
तिलक बहादुर खड्का स्मृति प्रतिष्ठानको समन्वय तथा भिमेश्वर यूवा क्लबको आयोजनामा ईश्वरपुर १२ मा बसोवास गर्ने आयआर्जन न्यून भएका ७० परिवारलाई एक/एक थान कम्बल वितरण गरिएको हो । उक्त कम्बल सलिको/सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनि लिमिटेड बर्दीवास शाखाका प्रमुख पिताम्बर ढुंगेलले उपलब्ध गराएका तिलक बहादुर खड्का स्मृति प्रतिष्ठानका सचिव भिमबहादुर खड्काले जानकारी दिए ।
उपलब्ध कम्बल भिमेश्वर यूवा क्लबका अध्यक्ष हरिबहादुर लुंगेली, नेपाली कांग्रेसका महासमिति सदस्य प्रमोद बराल, योगराज देवकोटा, ईश्वरपुर १२ का वडा सदस्य खेमबहादुर बुढाथोकी (दिनेश), नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि जुना परियार, समाजसेवी कृतिबिक्रम बराल, बाबुलाल काल्ताङ्ग, उज्वल बराल, मनोजराज घिमिरे, यज्ञबहादुर कार्की, महिला सन्जालकी अध्यक्ष गंगा कार्की, सहीदमान बल, मधुमाया थिङ, चन्द्र कार्की, कालिन्जोर प्रहरी चौकीका इन्चार्ज सन्तोष कुमारलगायतको उपस्थितिमा चिसो प्रभावित परिवारलाई वितरण गरिएको हो ।