logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन र ईश्वरपुरमा बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण


  • उज्यालो अभियान

हरिवन, ०९ माघ – सर्लाहीको हरिवन र ईश्वरपुरमा आज बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

हरिवन नगरपालिका ९ मा रहेको देउराली प्राथमिक विद्यालयमा स्वर्गिय रोनिश कार्की स्मृति प्रतिष्ठानले विद्यालयमा अध्ययनरत् बालबालिकालाई ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयका ४० जना बालबालिकालाई नगरप्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा ट्रयाकसुट र शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विनोद कार्कीले जानकारी दिए ।

यस्तै आज नै लायन्स क्लब काठमाडौं २३५ डि दर्पणले ईश्वरपुर नगरपालिका २ भक्तिपुरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका १५० जना विद्यार्थीलाई ट्रयाकसुट वितरण गरेको छ ।

क्लबकी अध्यक्ष एवं ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्यले धर्मपत्नी सुनिता श्रेष्ठ आचार्यले नगरप्रमुख आचार्य, वडाध्यक्ष सुरेन्द्र कार्कीलगायतको उपस्थितिमा बालबालिकालाई ट्रयाकसुट वितरण गरेका हुन् ।

सोही कार्यक्रममा स्वर्गिय कृष्णबहादुर सुस्लिङको सम्झनामा नाती सन्तोष र लोकेन्द्रले विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् ।