हरिपुर, ०९ माघ – सर्लाहीको हरिपुरस्थित ग्रामीण नारी उत्थान संघले सेभ द चिल्ड्रेनसँगको साझेदारीमा संचालित परियोजनाका क्रियाकलापबारे जानकारी गराएको छ ।
संस्थाले विभिन्न परियोजना अन्तर्गत सन् २०२४ मा संचालन भएका क्रियाकलापबारे हरिपुर नगरपालिकाको सभा हलमा जनप्रतिनिधि, विषयगत शाखाका प्रमुख, कर्मचारी, आमा समूहका सदस्य, बाल क्लबलगायतलाई जानकारी प्रदान गरेको हो । विभिन्न क्रियाकलाप, त्यसबाट प्राप्त उपलब्धि र बजेट खर्चका सम्वन्धमा जानकारी प्रदान गरिएको संस्थाले जनाएको छ ।
कार्यक्रममा समुन्नति, सिडा, पहुँच, सीईएफएम र ग्राउण्डस्वेयल इन्टरनेशनल साझेदारी कार्यक्रमका संयोजकबाट आ–आफ्नो परियोजनाबारे प्रस्तुतिकरण गरेका छन् ।