बागमती, ०७ माघ – सर्लाहीको बागमती नगरपालिकामा जारी निःशुल्क आँखा शिविरमा आज चौंथो दिन १८१ जनाको आँखा परीक्षण गरिएको छ ।
जनकल्याण आधारभूत विद्यालय बागमती नगरपालिका ३ धरहरामा सम्पन्न आँखा शिविरमा १८१ जनाको निःशुल्क आँखा चेकजाँच र उपचार गरिएको हो । त्यसमध्ये ४३ जनामा मोतिया बिन्दुको समस्या देखिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाले जनायो ।
बागमती नगरपालिका कार्यालयले तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँसँग समन्वय गरी निःशुल्क आँखा शिविर संचालन गरिरहेको हो । माघ ११ गतेसम्म विभिन्न वडामा संचालन हुने निःशुल्क आँखा परीक्षण शिविरमा फेला परेका मोतिया विन्दुुका बिरामीलाई माघ १२ गतेदेखि १४ गतेसम्म बागमती नगरपालिका–५, स्थित जनता माध्यमिक विद्यालय सोल्टीमा आयोजना हुने मोतिया बिन्दुको शल्यक्रिया शिविरमा निःशुल्क शल्यक्रियाको प्रवन्ध मिलाइएको स्वास्थ्य शाखा संयोजक पदम रायमाझीले बताएका छन् ।