नवलपुर, ०६ माघ – नवलपुरस्थित ३३ केभी प्रशारण लाइनमा समस्या आउँदा अहिले सर्लाहीको बिजुली अनियमित बनिरहेको छ ।
सदरमुकाम मलंगवा वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा त बिजुली अवरुद्ध नै बनेको वितरण केन्द्रले जनाएको छ । मर्मतका लागि प्राविधिक परिचालित भइसकेका छन् ।
साँझमा बिजुली अवरुद्ध तथा अनियमित हुँदा जिल्लावासी अन्धकारमा परेका छन् ।