logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमतीमा सोनाह ल्होछारको अवसरमा साँस्कृतिक महोत्सव हुने


  • उज्यालो अभियान

बागमती, ०६ माघ – तामाङ समुदायको मञ्जुश्री सम्बत् २८६१ औं डुल/सा पुख्री ल्हो सोनाम ल्होछारको अवसरमा वृहद् साँस्कृतिक महोत्सव हुने भएको छ ।

नेपाल तामाङ घेदुङको आयोजनामा यही माघ १८ गते शुक्रबार बागमती नगरपालिका वडा नं. ४/५ मा पर्ने माछा पोखरी (भरत तालमा) महोत्सव आयोजना गरिएको घेदुङका नगर अध्यक्ष जय बहादुर गोलेले जानकारी दिए । महोत्सवमा तामाङ समुदायको कला संस्कृति एवं भेषभुषाका झाँकी सहित राष्ट्रिय स्तरमा चर्चित गायक/गायिकाहरु शिव परियार ,इन्दिरा गोले, संजिव घिसिङ तामाङ, टीका बोम्जन,प्रकाश तितुङ तामाङ लगायत का कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक समितिका संयोजक रोशन लामाले बताएका छन् ।

कार्यक्रममा ठूूलो संख्यामा दर्सकको उपस्थिति हुने भएकोले स्थानीय स्वयंसेवक परिचालन गरिने संयोजक लामाले बताए । महोत्सवले तामाङ समुदायको उत्थानका टेवा पुग्ने र आफ्नो पहिचानको पनि उथान हुने आयोजकले विश्वास लिएको छ ।