logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बलिदानी दिवस सर्लाहीमा पनि मनाइयो


  • उज्यालो अभियान

मलंगवा, ०६ माघ – मधेश आन्दोलनमा ज्यान गुमाएका शहीदको सम्झना गर्दै सर्लाहीमा पनि हिजो बलिदानी दिवस मनाइएको छ ।

जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनमत पार्टी लगायतका राजनीतिक दल तथा उनीहरु निकटका संघसंगठनले शहीदको शालिकमा माल्र्यापण, दीप प्रज्वलन, फलफूल वितरण लगायतका कार्यक्रम गरेका हुन् । सदरमुकाम मलंगवा र बरहथवामा फरक–फरक राजनीतिक दलले गएसाँझ दीप प्रज्वलन कार्यक्रम गरेका छन् ।

मधेशी स्वास्थ्यकर्मी फोरम नेपालले प्रादेशिक अस्पताल मलंगवाका बिरामीलाई फलफूल वितरण गरेको छ ।

बलिदानी दिवस औपचारिकताका लागि वर्षेनि मनाउँदै आइए पनि आफूहरुको जिविकोपार्जनका लागि तीनै तहको सरकारले उचित पहल नगरेको शहीदका परिवारले गुनासो गर्दै आइरहेका छन् ।