यो पुरानो तस्बीर हो ।
जानकीनगर, ०६ माघ – जंगली हात्तीले सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा आज बिहानपख थप २ वटा घरमा क्षति पुुर्याएको छ ।
तीनवटा जंगली हात्तीले जानकीनगरका प्रेमबहादुर लामा र केशव उप्रेतीको घरको बेराघेरा भत्काइदिएको हो । हात्तीले यसअघि शुक्रबार राति जानकीनगरकै तुलमाया मगरको घरका बेराघेरा भत्काइदिएको थियो । दिनभर जानकीनगरको जंगल क्षेत्रमा बस्ने जंगली हात्तीले रात परेपछि जंगल छेउका घर र खेतबारीमा पसेर क्षति गरिरहेको स्थानीयले बताएका छन् ।
हात्तीले ३ दिनको अन्तरालमा दुुई बिघा बढीको मकै, उखु, गहुुँलगायतका बालीनाली नष्ट गरिसकेको हरिपुर नगरपालिका १ का वडाध्यक्ष नानीबाबुु थापाले बताए । हात्तीको आतंकका कारण स्थानीय त्रसित बनेका छन् ।