सन्जु कर्ण
हरिवन, ०६ माघ – एभरेष्ट रिलिफ यु एस ए नेपाल फाउण्डेसनले आज सर्लाहीको हरिवनमा ५१ जनालाई सिरक तथा अन्य खाद्यान्न सामग्री प्रदान गरेको छ ।
हरिवन घर भई हाल अमेरिकामा बस्ने डिल्लीबिक्रम थापा (सागर), युवराज कार्की (प्रिन्स) र दीपज्योति कार्की (धिराज) भएर फाउण्डेसनमार्फत हरिवन नगरका विभिन्न टोलमा बस्ने ५१ परिवारलाई जनही एक थान फाइबर सिरक, ५ केजी चामल, २ केजी पिठो, १ केजी दाल, १ पोका नुन र एक पोका खानेतेल उपलब्ध गराएका हुन् ।
फाइबर सिरक र खाद्यान्न आज बिहान हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, कुमार थापा, शोभा थापा, सुदर्शन पोखरेल, गोविन्द चौलागाईं, श्याम कर्णलगायत भएर वितरण गरेका छन् ।