logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

८ कोठे विद्यालय भवनको शिलान्यास


  • उज्यालो अभियान

बेला, ०५ माघ – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, मा रहेको ईश्वरपुुर बेला माध्यमिक विद्यालय रामनगर मनहर्वामा ८ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ ।

पूर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले हिजो समारोहकाबिच विद्यालय भवनको शिलान्यास गरेकी हुन् । विद्यालय भवन निर्माणका लागि संघीय सरकारले उपलब्ध गराएको १ करोड ६६ लाख ७८ हजार ३९८ रुपैयाँ ७७ पैसामा एमडी इस्लाम कन्ष्ट्रक्सन गौर, रौतहटसँग सम्झौता भएको विद्यालयले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य चौधरीकै पहलमा विद्यालयमा ठूलो लागतको ८ कोठे सुविधा सम्पन्न भवन आगामी कात्तिक १५ गतेसम्म तयार हुने भएको छ । विद्यालय भवनको शिलान्यास गर्दै प्रतिनिधि सभा सदस्य चौधरीले विद्यालयलाई कम्प्युटर, स्यानेटरी प्याड, स्कुल बस र नगरपालिकालाई एम्बुलेन्स लगायतको प्रवन्धका लागि समेत पहल गर्ने वचन दिएकी छन् ।

विद्यालय भवन शिलान्यास कार्यक्रममा नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, वडाध्यक्ष नन्दलाल चौधरी, ईश्वरपुर ८ का वडाध्यक्ष श्यामबहादुर थापा, ईश्वरपुर १० का वडाध्यक्ष राशनारायण चौधरी, अन्य जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हीराकाजी श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।