logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चिसो प्रभावित दलित परिवारलाई सिरक वितरण


  • उज्यालो अभियान

बलरा, ०५ माघ – सर्लाहीको सुदूर दक्षिण–पश्चिम भेगस्थित बलरा र रामनगरका १५२ दलित परिवारलाई शनिबार सिरक वितरण गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले बढ्दो चिसोबाट प्रभावित बनेका बलरा नगरपालिका–६ र रामनगर गाउँपालिका–२, का १५२ अतिविपन्न दलित परिवारलाई फाइबर सिरक उपलब्ध गराएको हो । समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, बलरा नगरपालिकाका प्रमुख रामाशङ्करप्रसाद कुशवाहा, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेलगायत भएर चिसोबाट प्रभावित दलित परिवारलाई सिरक वितरण गरेका हुन् ।

समितिले यसअघि शुक्रबार पर्सा गाउँपालिकामा ६८ परिवार र बिहीबार विष्णु गाउँपालिकामा ६१ परिवारलाई फाइबर सिरक उपलब्ध गराएको थियो । बढ्दो चिसोमा कठ्याङग्रिएका अतिविपन्न तथा दलित परिवारलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले फाइबर सिरक वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जनाएको छ ।