logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

एनएमबी बैंकले दियो जनज्योतिलाई दुई थान प्रोजेक्टर


  • उज्यालो अभियान

लालबन्दी, १७ पुस – एनएमबी बैंकले लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसलाई २ थान प्रोजेक्टर प्रदान गरेको छ ।

विभिन्न सामाजिक कार्य गर्दै आइरहेको बैंकले क्याम्पसलाई करिव एक लाख रुपैयाँ बराबरको २ थान प्रोजेक्टर सहयोग गरेको हो । एनएमबी बैंकका मधेश प्रदेश प्रमुख दीपेन्द्र मिश्रले क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारीलाई प्रोजेक्टर हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा बैंकका एरिया म्यानेजर कमलेश प्रसाद यादव, एरिया सर्भिस म्यानेजर राजकुमार विश्वकर्मा, लालबन्दी शाखाका प्रवन्धक अरुण आचार्य, क्याम्पस प्रमुख उमेश तिमल्सिना, क्याम्पसका प्राध्यापक, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।