logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

दुईवटा यातायात संघको संयुक्त साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी, १४ पुस – रौतहट सर्लाही यातायात प्रा.लि. को छैठौं तथा जनकपुर यातायात जिप टेम्पो व्यवसायी संघको २६ औँ वार्षिक साधारण सभा आज एकैसाथ सम्पन्न भएको छ ।

लालबन्दी ९ बस्तीपुरमा संस्थाका अध्यक्ष राजेशकुमार मैनालीको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं प्रहरी निरीक्षक रजोस घिमिरेको प्रमुख आतिथ्यता साधारण सभा सम्पन्न भएको हो । सभामा इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक सुजन पाठक, यातायात समितिका सल्लाहकार कान्छामान बल, लालबन्दी ७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) लगायतको आतिथ्यता रहेको थियो ।

सभामा सहभागी जिल्ला ट्राफिक र इलाका प्रहरी कार्यालयका इन्स्पेक्टरले सवारी साधन संचालन गर्दा ट्राफिक नियमको पालना गरिदिन सहभागी यातायात व्यवसायीलाई आग्रह गरे । दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियमको पालना गराउँदा हुने चेकजाँचलाई अनावश्यक रुपमा नलिन र नियम पालना गराउने विषयमा प्रहरीलाई सहयोग गर्न उनीहरुले अनुरोध गरेका छन् ।

यस संघमा आवद्ध म्याजिक, सुमो, उइगरलगायत साधनका संचालक साधारण सभामा सहभागी भएका थिए ।