बयलवास, १४ पुस – सर्लाहीको ईश्वरपुरमा आज ४७ जनाले रक्तदान गरेका छन् ।
ईश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको लालीगुुराँस आवासिय विद्यालयले ४१ औँ स्थापना दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटीसँग समन्वय गरी रक्तदान कार्यक्रम सम्पन्न गरिएको विद्यालयका संचालक उज्वल शर्माले जानकारी दिए ।