प्रतिकात्मक तस्बिर ।
बागमती, १३ पुस – सर्लाहीको बागमती नगरपालिका–२, धरहरामा आज बिहान रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको आज बिहान ९ बजेतिर रुखबाट लडेर मृत्यु भएको हो । भण्डारी छिमेकी झमकबहादुर थापाको खेतमा रहेको बर्रोको रुखमा चढेर घाँस झार्नेक्रममा रुखबाट लड्नुुभएको प्रहरी चौकी ढुुङ्ग्रेखोलाले जनायो ।
भण्डारीलाई उपचारका लागि नमूना अस्पताल हरिवन ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक भण्डारीको शव प्रादेशिक अस्पताल मलङ्गवामा पोष्टमार्टमपछि आज अपरान्ह परिवारले बुझेका छन् ।