बयलवास, १३ पुस – सर्लाहीको ईश्वरपुरमा आज नेकपा एमाले क्षेत्र नं. १ को क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएको छ ।
पार्टीका क्षेत्रीय कमिटी अध्यक्ष पुरुषोत्तम बडालको अध्यक्षता तथा सर्लाही जिल्ला इन्चार्ज एवं क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा ईश्वरपुर ६ चिरानटोलस्थित मनमोहन सामुदायिक भवनमा क्षेत्रीय कमिटीको बैठक सम्पन्न भएको हो । बैठकले पुस २५ गते क्षेत्र नं. १ प्रदेश कमिटी क र पुस २७ गते क्षेत्र नं. १ प्रदेश कमिटी ख को बैठक राख्ने निर्णय गरेको पार्टीको ईश्वरपुर नगर कमिटी अध्यक्ष मिनकुमार गौतमले जानकारी दिए ।
क्षेत्रीय कमिटी सचिव पवित्रा घिमिरेले संचालन गर्नुभएको बैठकमा क्षेत्र नं. १ को इन्चार्ज रन्जना सरकार, जिल्ला अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुरकुमार प्याकुरेल, सचिव डिल्ली अधिकारी, उपसचिव विभा नेपाल, नेताहरु मनोज देवकोटा, मानबहादुर खड्का, गोविन्द अधिकारी, गोविन्द महतलगायतको उपस्थिति रहेको थियो ।