logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिक्षालयमा आर्थिक अनियमितता भएको विषयमा छानविन थालियो


  • उज्यालो अभियान

मलंगवा, १२ पुस – विद्यार्थी भर्नामा आर्थिक अनियमितता भएको उजुरीपछि सर्लाही सदरमुकाम मलंगवामा रहेको सन्त अल्पमाई रामनारायण यादव बहुप्राविधिक शिक्षालयमा छानविन सुरु भएको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) मधेश प्रदेशको कार्यालयले डिप्लोमा फार्मेसीको पूर्ण शुल्कीय कार्यक्रममा आर्थिक अनियमितता भएको गुनासो आएपछि छानविन थालेको हो । विद्यार्थी भर्नामा आर्थिक चलखेलको उजुरीपछि परिषद्को प्रादेशिक कार्यालय जनकपुरका उपनिर्देशक दिनेशकुमार मल्लिक नेतृत्वको तीन सदस्यीय छानबिन समितिले शिक्षालयबाट आवश्यक कागजात मगाएर अनुसन्धान अघि बढाएको छ ।

शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवले वैकल्पिक उम्मेदवारको सूचीमा अगाडि नाम रहेका व्यक्तिलाई छनौट नगरी आर्थिक अनियमिता गरी तल्लो क्रमका उम्मेदवारलाई अवसर दिएको आरोप छ ।