हरिपुर, १० पुस – सर्लाहीको हरिपुर र ईश्वरपुर नगरपालिकामा संचालित ४ वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिइएको छ ।
आज जिल्ला अनुुगमन उपसमितिका संयोजक एवं जिल्ला समन्वय समिति सर्लाहीका उपप्रमुख जितेन्द्र कुमार महतो नेतृत्वको टोलीले फूलजोर बाबा बालुवा तथा गिट्टी प्रशोधन उद्योग ईश्वरपुर ५, शुुभम एग्रिगेट इण्डष्ट्रिज ईश्वरपुर ५, सिद्धिविनायक एग्रिगेट इण्डष्ट्रिज हरिपुुर ८ र राजदेवी माई बालुवा गिट्टी ढुंगा वासिङ्ग प्रालि हरिपुर ५ लाई पत्र दिएर तत्काल उद्योग बन्द गर्न निर्देशन दिइएको हो ।
आज यि चारवटै उद्योगको अनुुगमन गर्दा ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्वन्धि पहिलो संशोधन मापदण्ड २०७९ ले तोकेका मापदण्ड पूरा नगरेकाले आजैका मितिदेखि उद्योग बन्द गर्न निर्देशन दिइएको जिल्ला समन्वय समितिले क्रसर उद्योगलाई काटेको पत्रमा उल्लेख छ । यि चारवटै उद्योगको आज जिल्ला समन्वय समितिका उपप्रमुख महतो, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, हरिपुर र इश्वरपुरमा रहेका स्थानीय नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको युनिटका इन्चार्ज लगायत भएर स्थलगत निरीक्षण गरेका छन् ।
यसअघि हिजो र पुस ६ गते जिल्ला अनुुगमन समितिका पदाधिकारीले अनुुगमन गरी रानिगन्जको एउटा र बागमतीको दुुईवटा क्रसर उद्योगलाई मापदण्ड विपरीत रहेको भन्दै बन्द गर्न र त्यसको निगरानी गर्न स्थानीय प्रहरी युनिटलाई निर्देशन दिइसकेका छन् ।
अनुुगमनकै क्रममा हिजो बागमती नगरपालिका ६ चन्दनघाटमा कतै कुनै निकायमा दर्ता नभएको मोवाइल क्रसर र क्रसरमा प्रयोग भएका उपकरण तथा सवारी बरामद गरिएको थियो ।