logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रास्वपा सर्लाहीको सभापतिमा बानियाँ


  • उज्यालो अभियान

मलंगवा, १० पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्लाहीको सभापतिमा सरोज बानियाँ चयन भएका छन् ।

गएसाँझ सदरमुकाम मलंगवामा सम्पन्न प्रथम जिल्ला भेलाबाट बानियाँको नेतृत्वमा रास्वपा सर्लाहीको कार्य समिति घोषणा गरिएको हो । रास्वपा सर्लाहीको नवगठीत जिल्ला कार्य समितिमा रेखा खड्का उपसभापति, नवीन्द्र भट्टराई सचिव, धनोज चौधरी सहसचिव, दिवानी घिमिरे, रजिया खातुन र जितेन्द्रप्रसाद कुुशवाहा जिल्ला सदस्यमा चयन भएका रास्वपाका प्रदेश कोषाध्यक्ष चन्दनकुमार साहले जानकारी दिए ।

सदरमुकाम मलंगवास्थित महेन्द्र होटलमा पार्टीकी नेतृ एवं संघीय सांसद डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा आयोजित जिल्ला भेलामा केन्द्रिय संगठन विभाग सचिव शंकर श्रेष्ठ, मधेश प्रदेश सभापति इन्जिनियर तपेश्वर यादवलगायतले मन्तव्य व्यक्त गरे ।