हरिवन, १० पुस – सर्लाहीको हरिवनमा आज नेकपा एमाले क्षेत्र नं. ३ को क्षेत्रीय कमिटी तथा त्यस क्षेत्रका प्रतिनिधि सभा सदस्य एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेतीको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।
हरिवन ११ मा कोठा भाडा लिएर क्षेत्रीय कमिटी तथा सांसद उप्रेतीको एकै ठाउँमा स्थापना गरिएको सम्पर्क कार्यालयको निर्वतमान रक्षामन्त्री उप्रेती आफैले रिवन काटेर उद्घाटन गरेका हुन् ।
कार्यक्रममा पार्टी नेताहरु रन्जना सरकार, कल्पनाकुमारी कटुवाल, राजनारायण साह, मनोज देवकोटा, राजकुमार उप्रेती, गणेश प्रसाद प्रसाईलगायतको आतिथ्यता रहेको थियो ।