logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा १६० जना ज्येष्ठ नागरिक सम्मानित


  • उज्यालो अभियान

बयलवास, १० पुस – सर्लाहीको ईश्वरपुर नगरपालिका–८, रामपुरमा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले वडाभित्रका ७० वर्ष पुुगेका व्यक्तिहरुलाई आज सम्मान गरेको हो । रामपुरस्थित वडा कार्यालय परिसरमा भेला पारेर प्रत्येक ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर च्यामनप्रास तथा बिस्कुट वितरण गरी सम्मान गरिएको वडाध्यक्ष श्यामबहादुर थापाले जानकारी दिए । वडाध्यक्ष थापा, नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जिता देवी चौधरी, वडा सदस्य, विभिन्न दलका पार्टीका प्रतिनिधि लगायत भएर ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् ।

ज्येष्ठ नागरिकप्रति सम्मान र सेवाभाव जागृत गर्ने उद्देश्यसहित सम्मान गरिएको वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाका अनुसार वडाको चालू आर्थिक वर्ष २०८१/८२ को बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।