logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

क्रिकेट समर्थकमाथि भएको आक्रमणको विरोधमा टायर बालेर प्रदर्शन


  • उज्यालो अभियान

सलेमपुर, ०८ पुस – नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि बिजेता जनकपुर बोल्ट्सका समर्थकमाथि खेल मैदानमा क्षेत्रमै भएको भौतिक आक्रमणको विरोधमा आज बिहानै सर्लाहीको सलेमपुरमा प्रदर्शन गरिएको छ ।

फाइनल खेल सकिएपछि जनकपुरका समर्थकमाथि भएको आक्रमणको घटना र अघिल्ला दिनहरुमा असभ्य शब्द प्रयोग गर्ने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको माग गर्दै जनता समाजवादी पार्टी निकट समाजवादी युवा संघ सर्लाहीले प्रदर्शन गरेको हो । नवलपुर–मलंगवा सडक अन्तर्गत कविलासी नगरपालिका–१०, सलेमपुरमा चोकमा युवा र स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् ।

सडकमा टायर बालेर प्रदर्शन गरेपछि बसलगायत ठूला सवारी त्यही रोकिएका छन् भने साना सवारी वैकल्पिक मार्ग भएर पास भइरहेका छन् ।