हरिवन, ०७ पुस – सर्लाहीको हरिवन नगरपालिका–८, मा आज नेकपा एमालेले वडाभित्रका ज्येष्ठ नागरिकलाई पानी तताउने भाँडो (इलेक्ट्रिक जग) वितरण गरेको छ ।
पार्टीका समर्थक, शुुभेच्छुकबाट संकलन गरिएको रकमले वडाभित्रका ६८ वर्ष उमेर पार गरेका ४०४ जना ज्येष्ठ नागरिकलाई बिजुलीबाट पानी तताउन मिल्ने भाँडो वितरण गरिएको हो । वडा कमिटीका अध्यक्ष रोशन भट्टराईको अध्यक्षतामा हरिवन ८ पुरानो बजारस्थित वडा कार्यालय अगाडि भएको कार्यक्रममा निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको एमालेले जनाएको छ ।
कार्यक्रममा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुुर प्याकुरेल, निवर्तमान नगरप्रमुख गणेश प्रसाद प्रसाई, पार्टीबाट निर्वाचित विभिन्न वडाका वडाध्यक्ष, मधेश प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका सदस्य लगायत सहभागी भएका थिए ।