logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दीमा एकीकृत समाजवादीको ५५ सदस्यीय नगर कमिटी गठन


  • उज्यालो अभियान

लालबन्दी, १६ मंसिर – नेकपा एकीकृत समाजवादी पार्टीले लालबन्दीमा नगर कमिटी गठन गरेको छ ।

हिजो सम्पन्न नगर भेलाबाट बज्रमणि लामा अध्यक्ष रहने गरी ५ पदाधिकारीसहित ५५ सदस्यीय नगर कमिटीको घोषणा गरिएको हो । कमिटीका टंक काफ्ले उपाध्यक्ष, ईश्वर ढुंगेल सचिव, गौरी पुुलामी र जलसिंह पासवान सहसचिव तथा अन्य सदस्य रहेका छन् ।

पार्टीको नगर कमिटीका निवर्तमान सचिव रहेका बज्रमणि लामाको अध्यक्षता तथा जिल्ला इन्चार्ज रवीन्द्र बैठाको प्रमुख आतिथ्यतामा आयोजित नगर भेलामा पोलिटब्यूरो सदस्य बेची लुंगेली र जिल्ला अध्यक्ष सुरेन्द्र लामाको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रमको संचालन शशी देवकोटाले गरेका थिए ।