logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कांग्रेस सर्लाहीका १० जना पुराना नेता सम्मानित


  • उज्यालो अभियान

मलंगवा, १९ कात्तिक – नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. २ ले आज जिल्लाका १० जना पुराना नेतालाई सम्मान गरेको छ ।

२ नं. क्षेत्रको क्षेत्रीय कार्य समितिले सदरमुकाम मलंगवामा आयोजना गरेको छठपर्वको शुभकामना आदानप्रदान कार्यक्रमको अवसरमा प्रजातन्त्र सेनानीहरु बासुशरण कोइराला, भिखारी मन्सुर, सुशील शर्मा, घनश्याम ढुंगेल, पूर्व पार्टी जिल्ला सभापतिहरु लक्ष्मण राय, सत्यदेव सिंह, महेन्द्र साह, संविधान सभा सदस्य रामचन्द चौधरी, पूर्व सांसद ब्रम्हनारायण चौधरी र विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल यादवलाई सम्मान गरिएको हो । उनीहरुलाई दोसल्ला र कदरपत्रसहित सम्मान गरिएको कांग्रेस क्षेत्र नं. २ को क्षेत्रीय कार्य समितिले जनाएको छ ।

देशमा लोकतन्त्र र प्रजातन्त्र ल्याउन उहाँहरुले उल्लेखनिय योगदान गरेकाले सबै जनालाई एकैठाउँमा भेला पारेर सम्मान गरिएको क्षेत्रीय सभापति एवं मधेश सरकारका श्रम तथा यातायात मन्त्री कौशलकिशोर रायले जानकारी दिए ।

रायकै अध्यक्षमा आयोजित कार्यक्रममा क्षेत्र नं. २ का ४९ वटै वडाबाट नेता कार्यर्ता, क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरिबहादुर लुंगेली, कांग्रेस सर्लाहीका उपसभापति नवीन अधिकारी, कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) लगायतको आतिथ्यता रहेको थियो ।