कडा सुरक्षाघेरामा २०८० पुस २६ गते सर्लाही जिल्ला अदालत मलंगवामा पेश गर्न ल्याईएका ‘तपस्वी’ राम बहादुर बम्जन । (तस्बिर : उज्यालो अभियान)
मलंगवा, २५ जेठ – पूर्पक्षका लागि महोत्तरी कारागारमा रहेका ‘तपस्वी’ रामबहादुर बम्जन विरुद्ध मुद्धामा पीडित बालिककाे सक्कलै जन्मदर्ता झिकाउने आदेश भएकाे छ ।
विहिबार सर्लाही जिल्ला अदालतका न्यायधिश विनाेद गाैतमकाे ईजलासले पीडित बालिकाकाे सक्कलै जन्मदर्ता पेश गर्न आदेश दिएकाे स्रेस्त्दार सदन अधिकारीले जानकारी दिए । विहिबार दिउँसाे वादिकाे तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका जिल्ला न्यायधिवक्ता कैलाश दाहालले तथा प्रतिवादी बम्जनकाे तर्फबाट सीताराम घिमिरे, दिलिप झा, मनाेहर झा लगायत कानून व्यवसायीले ईजलासमा बहस गरेका थिए । यसअघि २ पटक मुद्धाका प्रतिवादी बम्जन पक्षका कानून व्यवसायीकाे तथा एउटा पेशी वादि सरकारी वकिलकाे माग अनुसार ३ वटा पेशी सरेकाे थियाे ।
सर्लाही जिल्ला अदालतका न्यायाधिश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानकाे आदेश दिएपछि बम्जन हाल महाेत्तरी कारागार जलेश्वरमा छन् । जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियाेजन सहित सर्लाही जिल्ला अदालतमा मुद्धा दायर गरेकाे थियाे ।
याे पनि पढ्नाेस्