logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

कांग्रेस सभापति सुरेन्द्र प्रसाद सिंहलाई पदबाट बर्खास्त गर्न नेताहरुकाे माग


  • उज्यालो अभियान

कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह ।

हरिवन, १७ जेठ – नेपाली कांग्रेस सर्लाही सभापति सुरेन्द्र प्रसाद सिंहलाई पदबाट बर्खास्त गर्न उपसभापति नवीन अधिकारी सहित नेताहरुले माग गरेका छन् ।

मनुष्मारा सिंचाई आयाेजना अन्तर्गत जल उपभाेक्ता समितिकाे अध्यक्षकाे रुपमा अनियमितता गरेकाे आराेपमा सर्बाेच्च अदालतबाट समेत भ्रष्टाचारी ठहर भएकाे हुँदा सिंहलाई अबिलम्ब जिल्ला सभापति पदबाट बर्खास्त गर्न कांग्रेसकै नेताहरुले माग गरेका हुन् । `हामीले चैत ३० गते नै पार्टी केन्द्रीय कार्यालयमा सुरेन्द्रजीलाई पदबाट बर्खास्त गर्न माग सहित निवेदन दर्ता गराएका थियाैं’, काठमाडाैंमै रहेका उपसभापति अधिकारीले विहिबार दिउँसाे उज्यालाे अभियानसँग टेलिफाेनमा भने, `यत्राे दिन बितिसके पनि त्यसबारे सुनुवाई नभएपछि २-३ दिनदेखि आफुहरुले केन्द्रीय सभापति, उपसभापति, महामन्त्रीज्यूहरु लगायत नेताहरुलाई भेटेर ध्यानाकर्षण गराई रहेका छाैं ।’ सर्बाेच्च अदालतबाट दाेषि ठहर भईसके पछि पनि सिंह जिल्ला सभापतिकै रुपमा सार्वजनिक कार्यक्रमहरुमा सहभागी भईरहँदा आफूहरुलाई लज्जाबाेध भएकाे र यस्ता गतिबिधीले आम नेता कार्यकर्ताकाे मनाेबल गिर्ने मात्र नभई सिंगाे पार्टीकाे साख समेत गिर्ने अवस्था आएकाे उपसभापति अधिकारीले गुनासाे गरे ।

मनुष्मारा सिंचाइ आयोजना प्रथम चरणको जल उपभोक्ता समितिको अध्यक्ष रहेको बखत सो आयोजनामा आर्थिक अनियमितता गरेको र उक्त कसुरमा सर्वोच्च अदालत काठमाडौबाट कसुर प्रमाणित समेत भइसकेकोले राजनीतिक दल सम्बन्धि ऐन २ परिच्छेद-३ को (ख)विपरत तथा नेपाली काँग्रेसको संशोधित विधान २०७५ को परिच्छेद २ को दफा १३ अनुसार नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी ठहर भएमा पार्टीको साधारण सदस्य समेत रहन नपाउने व्यवस्था भएकोले सोही अनुसार सर्लाही सभापती सिंहलाई पदबाट बर्खास्त गर्न निवेदनमा माग गरिएकाे छ । सर्वोच्च अदालत काठमाडौले २०८० साल फाल्गुन १५ गते नै भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिसकेकोले निजलाई अविलम्ब पदबाट बर्खास्त गरिनुपर्ने क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति एवं प्रदेश सभा सदस्य काैशल किशाेर रायले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनुष्मारा काण्डमा अनियमितता भएकाे दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले सिंहलाई दोषी ठहर गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्च अदालतका न्यायधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले विशेषकाे फैसलामा केही उल्टि गरि दोषी ठहर गरेको नेताहरुकाे दाबी छ । न्यायधिशद्वयकाे फैसलाकाे पूर्ण पाठ भने खईसकेकाे छैन । सभापति सिंहले सर्बाेच्चकाे पूर्णपाठ आउँदा आफू दाेषि नहुने भन्दै कांग्रेसी नेता कार्यकर्तालाई बताउँदै आएकाे उनी निकट एक नेताले दाबी गरे ।

सिंहलाई अविलम्ब जिल्ला सभापतिबाट बर्खास्त गर्न भन्दै पार्टी केन्द्रीय कार्यालयमा दर्ता गरिएकाे निवेदनमा क्षेत्र नम्बर १, २ र ३ का सभापतिहरु, पूर्व जिल्ला सभापतिहरु, महासमिति/माहधिवेशन प्रतिनिधिहरु लगायत ५१ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।

याे पनि पढ्नाेस्

कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर