logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कांग्रेस सर्लाहीका सभापति सिंह भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर


  • उज्यालो अभियान

कांग्रेस सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह ।
काडमाडाैं, १६ फागुन – नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला गरेको हो ।​ सर्वोच्चले गरेको फैसलामा कैद र जरिवानाको सजाय भने खुल्न बाँकी छ ।

विशेष अदालतले दोषी ठहर गर्दै साढे ३ वर्ष कैद र साढे ३ करोड जरिवानाको फैसला सुनाएपछि उनी पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । तर सर्वोच्चले उनको पुनरावेदनमा दाबी नपुग्ने भन्दै दोषी ठहर गरेको हो ।

सिंहले सर्लाहीमा सिसौ काटेर भारतमा तस्करी गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेषमा मुद्दा दायर गरेको थियो ।

विशेषमा मुद्दा दायर हुनुभन्दा अगाडि उनी ६ महिना अख्तियारको हिरासतमा बसेका थिए ।​ मनुस्मरा सिँचाई आयोजनामा उपभोक्ता समितिको अध्यक्ष हुँदा भ्रष्टाचार गरेको कसूरमा पनि सिंह सर्वोच्चबाट दोषी ठहर भएका थिए ।

सिंह नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेतृ आरजु देउवा निकट मानिन्छन् ।

(साभार : लाेकान्तर अनलाईन)