मलंगवा, ०७ चैत – ठगी गरेको आरोपमा आज (बुधबार) बिहान पक्राउ परेका ‘एसपी गौरव’ भनिने शंकर पहाडीलाई सर्लाही जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ५ दिनको म्याद प्रदान गरेको छ ।
आज दिउँसो अदालतमा पेश गर्दा पहिलो पटक ५ दिनको म्याद प्रदान भएको हरिवनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अनिलराज गिरीले उज्यालो अभियानसँग बताए । पहाडीलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखिने छ । पहाडी आज बिहान लालबन्दीबाट पक्राउ परेका हुन् ।