logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

´तपस्वी` बम्जनलाई सर्लाही जिल्ला अदालत लगियाे


  • उज्यालो अभियान

विहिबार बिहान सर्लाही जिल्ला अदालतमा ल्याईएका ´तपस्वी` राम बहादुर बम्जन (सेताे ज्याकेट लगाएका) । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा, २६ पुस – काठमाडाैंबाट समातिएका ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई जिल्ला प्रहरी कार्यालयले विहिबार बिहान जिल्ला सरकारी वकिल कार्यालयमा उपस्थित गराएर सर्लाही जिल्ला अदालतमा पेश गरेकाे छ ।

कार्यालय समय सूरु हुने बितिकै अभियुक्त बम्जनलाई प्रहरीले सरकारी वकिल कार्यालय लगेकाे थियाे । त्यहाँ आवश्यक प्रकृया पुर्याएपछि जिल्ला सरकारी वकिल कार्यालयले सर्लाही जिल्ला अदालतमा पेश गरेकाे हाे ।

सर्लाही जिल्ला अदालतकाे पक्राउ पूर्जीका आधारमा काठमाडाैं जिल्ला बुढानिलकण्ठ नपा-६ स्थित निवासबाट मंगलबार साँझ नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूराे(सीआईबी)काे टाेलीले बम्जनलाई पक्राउ गरेकाे थियाे । बम्जनविरुद्ध ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ अभियाेगमा २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

याे पनि पढ्नाेस्

कुन ‘श्रीमान’को भागमा पर्लान अभियुक्त ‘तपस्वी’ बम्जन ?

‘तपस्वी’ बोम्जनलाई सर्लाही ल्याइयो, आज अदालत पेश गरिने