logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

लालबन्दीमा सद्भाव र्याली निकालिँदै


  • उज्यालो अभियान

लालबन्दी बजार ।

लालबन्दी – सर्लाहीको लालबन्दीमा आज (मंगलबार) साँझ सद्भाव र्याली निकालिने भएको छ ।

नेकपा एमाले लालबन्दी नगर कमिटीले सदरमुकाम मलंगवासहित जिल्लाका विभिन्न स्थानमा केही दिनदेखि सामाजिक सद्भावमा आच पुग्ने गरी भइरहेको गतिविधिलाई लक्षित गरी सद्भाव र्याली निकाल्ने तयारी गरेको हो । हिन्दु–मुस्लिम भाईभाई, कोही छैन पराई भन्ने नारासहित साँझ ५ः३० बजेपछि सद्भाव र्याली निकाल्न लागिएको एमाले लालबन्दी नगर कमिटीका सचिव शिवहरि गौतमले जानकारी दिए ।

यस्तै, किसिमको सद्भाव र्याली भोली बरहथवमा निकालिँदै छ ।