logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

दाहाल र चौहान कांग्रेसमा प्रवेश


  • उज्यालो अभियान

हरिवन – नेकपा माओवादी केन्द्र निकट खेलकुद महासंघका केन्द्रिय सदस्य सचिन दाहाल र सन्तोष चौहान माओवादी त्यागेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

रेसलिङका राष्ट्रिय खेलाडी तथा सर्लाही टाइगरका रुपमा परिचित दाहालले माओवादी पार्टी सिद्धान्त अनुसार नचलेका कारण कांग्रेसमा प्रवेश गरेको बताए ।

दाहाल र चौहानलाई कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला सचिव निरोज कार्कीलगायत भएर अविर तथा खादा लगाएर पार्टीमा स्वागत गरे ।