धनकौल – सर्लाहीको धनकौल बजारमा आज (मंगलबार) नेपाली कांग्रेसले क्षेत्रीय सम्मेलन तथा अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ ।
नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डाक्टर आरजु राणा देउवाको प्रमुख आतिथ्यतामा कांग्रेस क्षेत्र नं. ४ को क्षेत्रीय समितिले धनकौल गाउँपालिका–२, स्थित धनकौल बजारमा कार्यकर्ता भेला आयोजना गर्न लागेको हो ।
भेलालाई आरजुसँगै अर्का केन्द्रिय सदस्य रामहरि खतिवडा, मधेश प्रदेश समितिका सभापति कृष्णा यादव, प्रदेशका स्वास्थ्य मन्त्री वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहलगायतका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस क्षेत्र नं. ४ कार्य समितिले जनायो ।
कांग्रेस नेता गजेन्द्र साहका अनुसार आज बिहान नेतृ आरजुलाई पूर्व–पश्चिम राजमार्गस्थित बाँके जंगलमै पुगेर झण्डै एक सय गाडीसहित स्वागत गरेर धनकौल बजार पु¥याउने तयारी छ । कांग्रेस संस्थापन पक्षले धनकौलमा आज आयोजित कार्यकर्ता भेलामा ठूलो संख्यामा कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।
कांग्रेसले कार्यकर्ता भेला आयोजना गर्न लागेको यो ठाउँ सर्लाही क्षेत्र नं. ४ का संघीय सांसद डाक्टर अमरेशकुमार सिंहको निर्वाचन क्षेत्र हो । सिंह चुनावको मुखमा पार्टीबाट टिकट नपाएपछि स्वतन्त्रबाटै चुनाव लडेर तेस्रो पटक सांसदमा निर्वाचित भएका थिए । पछिल्लाे समय डा. सिंह र नेतृ देउवाबीच आराेप-प्रत्याराेप समे चलिरहेकाे छ ।