logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

विपी स्मृति दिवस : ईश्वरपुरमा अन्तरक्रिया, धनकौलमा वृक्षरोपण


  • उज्यालो अभियान

बयलवास – प्रथम जननिर्वाचित प्रधानमन्त्री विशेश्वर प्रसाद कोईराला (वि.पी.) को ४१ औँ स्मृति दिवस शनिबार सर्लाहीमा पनि मनाइएको छ ।

दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ ले ईश्वरपुरस्थित क्षेत्रीय पार्टी कार्यालयमा विपी विचार र आजको सान्दर्भिकता विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीको अध्यक्षता तथा पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको प्रमुख आतिथ्यतामा विपीको तस्बिरमा माल्र्यापणसहित उनले नेपालको राजनीतिमा पुर्याएको योगदानको चर्चा गर्दै स्मृति दिवस मनाइएको हो ।

कार्यक्रममा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, नेताहरु सत्यदेव सिंह दनुवार, शिव गुर्मछान, दीपक अधिकारी, योगराज देवकोटा, कन्चन साहलगायतको आतिथ्यता रहेको थियो । उता, धनकौल गाउँपालिका–२ मा ४१ औँ वि.पी. स्मति दिवसका अवसरमा वृक्षरोपण गरिएको छ ।

४ नं. क्षेत्रका क्षेत्रीय सभापति रामआश्रय साहको अध्यक्षता तथा मधेश प्रदेशका स्वास्थ्यमन्त्री वीरेन्द्रप्रसाद सिंहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पार्टी जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, निवर्तमान मधेश प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहालगायतको आतिथ्यता रहेको थियो ।