logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा ७ महिनापछि हल्का वर्षा, किसानलाई केही राहत


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी – सर्लाहीमा ७ महिनापछि आज (शुक्रबार) बिहानपख हल्का वर्षा भएको छ ।

मौसम बदली भई बिहान ३ बजेपछि जिल्लाभर नै सामान्य पानी परेको हो । यो पानीले किसानलाई केही राहत मिलेको छ । तर बाँझो रहेका खेतबारी खनजोत गरेर मकै नै छर्ने गरी भने पर्याप्त वर्षा हुन नसकेको किसानले बताएका छन् ।

आजको पानीले धुलो, धुँवा नियन्त्रण गर्न ठूलो मद्धत पुगेको छ । यस्तै, पानी परेपछि वन जंगलमा लागेको डढेलो पनि तत्कालका लागि निभेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

सर्लाहीमा हिजो र अस्ती दिनभर मौसम धाम्मधुम्म भई आज बिहानपख भने हल्का वर्षा भएको हो । आज पनि जिल्लाको मौसम धुम्मिनै रहेको छ । किसान अझै पर्याप्त वर्षाको प्रतिक्षामा छन् ।