logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम आज धुम्म, अझै वर्षा हुन सकेन


  • उज्यालो अभियान

बुधबार बिहान लालबन्दीस्थित धुम्मिएको मौसम ।

लालबन्दी – सर्लाहीको मौसम आज (बुधबार) धुम्मिएको छ ।

यहाँ अहिले मौसम धुम्मिएर पानी पर्ला जस्तो भएको हो । पातलो मात्रामा हुस्सु समेत देखा परेकाले आज हिजोअस्तीको तुलनामा चिसो महशुस गरिएको छ ।

यस क्षेत्रमा दुई साता भन्दा अघिदेखि मौसम धाम्मधुम्म भइरहे पनि पानी पर्न सकेको छैन् । पानी नपर्दा सुक्खापन बढेर किसान चिन्तित छन् । खडेरीले किसानलाई सबैभन्दा बढी मार परेको छ ।

उनीहरुले खेतबारी खनजोत गर्न पाएका छैनन् भने वस्तुभाउलाई घाँस तथा चरिचरण क्षेत्रको अभाव बढेको छ । सर्लाहीसहित मधेस क्षेत्रमा गएको भदौदेखि नै पानी पर्न सकेको छैन् ।

पानी नपर्दा अहिले प्रदुषण अत्यधिक बढेको छ । जताततै धुलो धुँवाले जनजीवन प्रभावित भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।

अझ जिल्लाको ग्रामीण भेगमा कच्ची सडकहरु अत्यधिक धुलाम्मे हुँदा हिँडडुलमै समस्या भइरहेको स्थानीयले बताएका छन् ।