logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको बाँके जंगलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

फूलजोर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जङ्गलमा पिकअप र अटो ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–१०, का ३४ दीपक स्याङतानको मृत्यु भएको हो । उनलाई लालबन्दीमा सामान्य उपचार गरी शििनबार साँझ थप उपचारका लागि वीरगञ्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

शनिबार अपरान्ह ४ बजेतिर फूलजोर चोकबाट पाँच किलोमिटर पूर्वतर्फ पश्चिमबाट आइरहेको बागमती प्रदेश ०१–०२५ च ००७ नम्वरको पिकअप र विपरीत दिशाबाट गइरहेको प्रदेश २–०२–००१ ह ०३३३ नम्वरको अटो आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनायो ।

दुर्घटनामा पिकअपका चालक धादिङको थाक्रे गाउँपालिका–११, का २३ वर्षीय सुनिल सुनुवार सामान्य घाइते भएका छन् । उनलाई लालबन्दीमा सामान्य उपचारपश्चात आइतबार बिहानबाट प्रहरीले हिरासतमा लिइसकेको छ ।

तीव्र गतिका कारण दुई सवारी आपसमा ठोक्किएका प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।