logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बागमती ३ धरहरामा ५४९ जनाको निःशुल्क आँखा परीक्षण, ५७ जनामा मोतीविन्दु


  • उज्यालो अभियान

नवराज अधिकारी/बागमती – सर्लाहीको बागमती नगरपालिका–३, धरहरामा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा ५४९ जनाले उपचार गराएका छन् ।

जन कल्याण आधारभूत विद्यालय धरहरामा भएको शिविरमा ३३६ जना महिला र २१३ जना पुरुषको आँखा परीक्षण गरिएको हो । त्यसमध्ये ५७ जनामा मोतीविन्दु फेला परेको आयोजकले जनाएको छ ।

बागमती नगरपालिकाले तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरी आँखा शिविर आयोजना गरिरहेको बागमती ३ का वडाध्यक्ष तिलक मोक्तानले जानकारी दिए ।

नगरपालिकाको शिक्षा शाखाका ओम कार्कीले यस्तै प्रकारको शिविर आज (आइतबार) बसबरिया गाउँपालिका ३ भवानीपुरस्थित माध्यमिक विद्यालयमा आयोजना गरिएको बताए ।

सबै ठाउँमा आयोजित शिविरमा फेला परेका मोतीविन्दुका बिरामीलाई फागुन २७, २८ र २९ गते नव जनजागरण माध्यमिक विद्यालय बागमती ८ शंकरपुरमा निःशुल्क अप्रेसन क्याम्प राखिएको आयोजकले जनाएको छ ।