logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

तेस्रो सिमरा आमन्त्रित तेक्वान्दोका लागि खेलाडी छनौट


  • उज्यालो अभियान

हरिवन – तेस्रो सिमरा आमन्त्रित तेक्वान्दो प्रतियोगितामा सर्लाहीबाट खेलाडी छनौट गरिएको छ ।

शनिबार दिउँसो हरिवनस्थित सूर्ती विकास खेल मैदानमा हरिवनका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा सर्लाही जिल्लाबाट खेल्ने खेलाडी छनौट गरिएको हो । सर्लाहीबाट पुरुषतर्फ अंकित सिंह ३३ केजी, प्रभात वाइवा ४० केजी, प्रेरित खड्का ४३ केजी, विवेक कुशवाहा ४५ केजी, तेजबहादुर कार्की ४८ केजी, श्याम झा ५१ केजी, वुद्ध शाक्य ५४ केजी, सरोजकुमार बोम्जन ५५ केजीमा छनौट भएका छन् ।

त्यसैगरी, महिलातर्फ सुजाता खनाल ४६ केजी, निर्जला खनाल ४९ केजी र प्रिमिसा परियार ५७ केजीमा छनौट भएकी छन् । खेलाडी छनौट कार्यक्रममा तेक्वान्दो संघका अध्यक्ष बद्री सापकोटा, जिल्ला कोषाध्यक्ष दीपक श्रेष्ठ, भरत भण्डारी, चेतबहादुर ठकुरी, जितबहादुर लामिछाने, शंस्कार साह, अभिभावक, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।