logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनको नयाँ इन्स्पेक्टर शिवराम थापा, भोली आइपुग्ने


  • उज्यालो अभियान

हरिवनमा आउन लागेका नयाँ इन्स्पेक्टर थापा ।

हरिवन – सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) शिवराम थापा आउने भएका छन् ।

हरिवनमा सरुवा गरेर पठाइएका प्रहरी निरीक्षक कृष्ण गिरी सवारी दुर्घटनामा परेर घाइते भएपछि उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर थापालाई हरिवन प्रहरीको इन्चार्ज बनाएर पठाएको हो ।

प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाबाट यहाँ सरुवा गरिएका थापा भोली (बिहीबार) हरिवनमा नेतृत्व सम्हाल्न आउने बुझिएको छ ।