logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवा नगरपालिकाको स्थापना दिवसमा आज अन्तरक्रिया, भोली थप भव्य कार्यक्रम


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीको जिल्ला सदरमुकाम र यहाँको सबैभन्दा जेठो नगरपालिका मलंगवा नगरपालिकाको ३६ औँ स्थापना दिवसका अवसरमा बुधबार ‘मलंगवा नगरपालिकाको विकास, सम्भवना र चूनौति’ विषयक अन्तक्र्रिया गरिएको छ ।

मलंगवा नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवको अध्यक्षतामा सबै सरोकारावालाहरुलाई निम्ता गरी होटेल सुजातामा अन्तक्र्रिया गरिएको हो । सहभागीले मलंगवा नगरपालिकासँग जोडिएका विकास निर्माणसँगै अन्य विषयमा आ–आफ्नो मन्तव्य राखेका छन् ।

मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर रायको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा नगर विकासको चिन्तनसहित शिवजी प्रसाद राय यादव र उपेन्द्र रायले कार्यपत्र प्रस्तुत गरे भने कार्यपत्रमाथि डा. गोविन्द पोखरेल लगायतका विज्ञबाट टिप्पणी गरे । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले मन्तव्य राखे ।

मलंगवा नगरपालिकाले ३६ औँ स्थापना दिवसका अवसरमा बिहीबार (भोली) थप भव्य कार्यक्रम गर्दैछ । बिहीबार नगरपालिकाभित्र सार्वजनिक बिदा दिई तीनबिघे मैदानमा भव्य कार्यक्रम गर्न लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत गेहनाथ गौतमले जानकारी दिए ।